राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।

उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए ।

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो ।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए । भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।