बङ्गलादेशका मोहम्मद सैफुद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाण्डाै – बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफुद्दिन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएको छन् । एनपीएलको टोली पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि बलिङ अलराउन्डर सैफुद्दिनलाई अनुबन्ध गरेको हो ।

सैफुद्दिनले बङ्गलादेशका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५७ विकेट लिनुका साथै ३०४ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा १५२ खेलमा १९३ विकेट लिनुका साथै ९२२ रन बनाएका छन् ।

सैफुद्दिनले ५ वटा टोलीबाट बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हो ।

पोखरा एभेन्जर्समा अनुबन्ध हुने सैफुद्दिन तेस्रो बङ्गलादेशी खेलाडी तथा समग्रमा पाँचौँ विदेशी खेलाडी हुन् ।

पोखराले यसअघि बङ्गलादेशका अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरेको थियो । यस्तै श्रीलङ्काका अलराउन्डरद्वय धनन्जय लक्षण र चामिका करुणारत्ने पनि अनुबन्ध भएका छन् ।

एनपीएल आउँदो सोमवार कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *