सैनामैना । रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने पवित्र उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाका ६का वडा अध्यक्ष गोपाल पोख्रेले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रमबाट ६२ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन गदै सैनामैना नगरपालिकाका वडा नं. ६का वडा अध्यक्ष पोखे्रलले विद्यालय आफैले स्थानिय जनतालाई स्वयमसेवी रुपले रक्तदान गर्न प्रेरित गरेर महत्वपूर्ण काम गरेको बताउनु भयो ।
विद्यालयको बार्षिक कार्यक्रम अन्तरगत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधनध्यापक अर्जुन पोख्रेलले बताउनुभयो ।
रक्तदान कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष बुद्धि चौधरी, वडा सदस्य अशिस पोख्रेल, नेपाल रेडक्रस सोसाईटीका कृष्ण पंगेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनकला न्यौपाने लगाएतले रक्तदान गर्दै मानविय सेवामा लाग्न सबैलाई आग्रह गरेका थिए ।

