सुनको भाउ आज पनि घट्यो, तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । गएको मंगलवारदेखि लगातार सुनको भाउ घट्दै आएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो तोलामा १८५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलाको ४ हजार ७ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *