पछिल्लो तथ्याङ्कअनुसार हराएका मानिसहरूको कुल १५,२४९ वटा रिपोर्ट दर्ता भएकोमा अझै १०,३४१ जना मानिस बेपत्ता (अझै हराइरहेका) रहेका छन्।
बाढीका कारण स्थिति अत्यन्तै जटिल बनेको छ भने बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। हराएकाहरूमध्ये ४,९०८ जना मानिस फेला परेका छन् भने ५५५ जना परिवारको प्रतीक्षामा रहेका छन्।
हालसम्म भेटिएका वा समाधान भएका केसहरूको संख्या ४,३५३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४,१८० वटा नयाँ रिपोर्टहरू दर्ता भएका छन्।
बेपत्ता हुनेहरूमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि ठूलो छ। तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ९९४ जना बालबालिका र ६० वर्ष माथिका ५३० जना ज्येष्ठ नागरिक अझै हराइरहेका छन्।
सरकारी तथ्यांक अनुसार हालसम्म ७८१ को शव भेटिएको छ। ९ हजारभन्दा धेरैको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएका छन्।

