काठमाण्डाै – धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर भेटिएको छ ।
लकर सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको ९ जनाको टोलीले हिजो शनिवार फेला पारेको हो ।
लकरलाई स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा आवश्यक अनुसन्धान र थप प्रक्रियाका लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसअघि भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने एउटा सेफ गल्छी गाउँपालिका–४ बेल्खुखोला त्रिशूली नदी किनारमा भेटिएको थियो । तर त्यो सेफ फोडेर आफूखुशी रकम चोरी गरेको उजुरीका आधारमा २९ जना पक्राउ परेका थिए ।

