चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको पहिरोमा परी कम्तीमा ७ जनाको ज्यान गएको छ । पहिरोपछि ५५४ जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजीका लागि उद्धार अभियान कार्य भैरहेको छ ।
आज बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार टोलीसहितका उद्धारकर्मी विपद्ग्रस्त मुख्य क्षेत्रमा खटिएका छन् । नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पुऱ्याएको क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

