काठमाण्डौ – भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।
गल्छी गाउँपालिका–४ बेल्खुखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो । तर आफूखुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । ती सबैमाथी आवश्यक छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

