काठमाडौं । नेपालले भोगिरहेको विनाशकारी प्राकृतिक विपत्प्रति अधिकांश बलिउड कलाकारले सहानुभूति व्यक्त गरिरहेका छन् । केही कलाकारले मानवीय सहायतामा सघाउने बताएका छन् ।
बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालबाट यतिबेला नेपालसँगै आफूहरू उभिएको बताएका हुन् । केहीले नेपालसहित तिब्बततर्फ भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।
सोनु सुदले राहत र उद्धारमा सघाउने वचन दिएका छन् । यति मात्र होइन, अन्य मुलुकका सेलिब्रेटीले पनि नेपालको दुःखमा सहानुभूति व्यक्त गरिरहेका छन् ।

