काठमाडौँ : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।
ती शव रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका हुन्। शव भेटिएका जिल्लासँगै काठमाडौँ, पोखरा, पाल्पा, रूपन्देही, कपिलबस्तु जिल्लामा राखिएको प्रहरीले जनाएको छ।


