बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यन्न तथा लत्ताकपडाका पठाएकोे छ।

प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट  पठाइएको  जानकारी दिए।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा १५ हजार लिटर डिजल र पेट्रोल १५ हजार लिटर पेट्रोल पठाइएको जानकारी दिएको छ।

प्राधिकरणका उप–सचिव रामबहादुर के.सीले नुवाकोटस्थित भैरवी,सुर्यमती,पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको र थप डिजेल पेट्रोल पठाइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *