प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिनुभयो । बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राखी आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

